इन्टरपोलका नयाँ प्रमुखमा युएईका अहमद नसिर अल रइसी निर्वाचित
काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका नयाँ प्रमुखमा संयुक्त अरब इमिरेट्स युएईका डा. अहमद नसिर अल रइसी निर्वाचित भएका छन् ।
बिहीबार टर्कीको इस्तानबुलमा इन्टरपोलका १४० सदस्य देशहरूका प्रतिनिधिहरू बीच भएको मतदानमा डा. रइसीले आफ्ना प्रतिस्पर्धी चेक गणतन्त्रका के कर्नल स्याकरा हर्भेनकोभालाई पराजित गरेका थिए ।
इन्टरपोलका नयाँ अध्यक्षमा रइसी चुनिएका हुन् । मध्यपूर्वबाट यो पदमा पुग्ने रइसी पहिला व्यक्ति हुन् । युएईका आईजीपी रहेका रइसीले त्यहाँको गुप्तचर सेवाका लागि कार्य गरिसकेका छन् ।
यसैगरी इन्टरपोलको एसिया कार्यकारी समितिमा भारतको सीबीआईका विशेष निर्देक प्रवीण सिन्हा सामेल गरिएका छन् ।
भारतीय मिडियाले सिन्हाको छनौटलाई महत्वपूर्ण उपलब्धिको रूपमा व्यक्त गरेका छन् ।
यसो हुनुमा सिन्हाले चीन, सिङ्गापुर, जोर्डन र दक्षिण कोरियाका प्रतिनिधिहरूलाई पछि पार्दै यो समितिमा ठाउँ बनाउन सफलता प्राप्त गरेका हुन् । सिन्हाका लागि टर्कीका लागि भारतीय राजदूतले विशेष पहल गरेका थिए । इन्टरपोलको स्थापना १९२०मा भएको थियो ।








