२५ मंसिर २०८२, बिहिबार

प्रधानमन्त्री देउवाले सम्झौता पूरा गर्ने लोसपाका अध्यक्ष ठाकुरद्वारा विश्वास व्यक्त

प्रकाशित मिति :  26 November, 2021 2:14 pm


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधानमा संशोधन गर्ने लगायतका माग पूरा गर्न आग्रह गरेका छन् ।

ठाकुरले चितवनमा आयोजित नेकपा (एमाले)को दशौं महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

एमालेका नेता ओली प्रधानमन्त्री रहेको बेला आफ्नो पार्टी र पार्टीका कार्यकर्ताहरू प्रति दर्शाएको सदभावका कारण यो सम्मेलनमा शुभकामना दिन उपस्थित भएको ठाकुरले जनाए ।

मधेशमा पूर्वदेखि पश्चिमसम्म मानव साङ्गलो बनाएर संविधानमा गर्नुपर्ने संशोधनका लागि गरेको प्रदर्शनले संविधान संशोधनको पुष्टि गरेको बताउँदै ठाकुरले त्यसबारे अझैसम्म सम्बोधन नभएको बताए ।

प्रधानमन्त्री देउवाजी यही हुनुहुन्छ । मैले उहाँले यहीँ उहाँले गर्नुभएको सम्झौता पूरा गर्नुहुने विश्वास लिएको बताए । ठाकुरले भने “ मलाई आशा छ उहाँले हाम्रा मागहरूलाई पूरा गर्नुहुनेछ ।”

 



प्रतिक्रिया दिनुहोस !