२५ बैशाख २०८१, मंगलबार

संसददेखि न्यायपालिकासम्मको बेथितिको जिम्मा सबै दलले लिनुपर्ने राजमो अध्यक्षको भनाइ

प्रकाशित मिति :  26 November, 2021 3:06 pm


काठमाडौं । संसददेखि न्यायपालिकासम्मका सबै बेथितिको जिम्मा विद्यमान सबै राजनीतिक दलले लिनुपर्ने आग्रह गरिएको छ ।

चितवनमा आयोजित नेकपा एमालेको दशौं महाधिवेशनमा सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यस्तो आग्रह गरेका छन् ।

हामीले मिलेर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै ल्याएका छौं । हामीले यसलाई जोगाएर लानुपर्नेछ भन्दै अहिले संसददेखि न्यायापालिकासम्म देखिएका बेथितिको जिम्मेवार हामी नै भएको र यसको जिम्मेवारी हामी सबैले लिनुपर्ने अध्यक्ष केसीले बताए ।

नेपाली कम्युनिस्ट पार्टीमा समय समयमा समस्या उत्पन्न हुने गरेको छ । तर समय समयमा मिल्ने गरेको बाम आन्दोलनको इतिहास रहेको छ ।
हामीले केही भयो भने बाह्य शक्तिले गर्छ भनेका छौं । बाह्यकाले खेल्छ तर हामीले आफैलाई सम्हालिनुपर्ने आशय उनले व्यक्त गरे ।

यो उपलब्धि गुमाउने कि यसलाई जोगाएर लाने त्यो आवश्यकता हामी अगाडि आएको बताउँदै उनले बाम आन्दोलनमा अन्तरविरोध भएपनि हामी एक ढिक्का हुनुको विकल्प नभएको बताए । देशको अखण्डता, सार्वभौमिकताका लागि हामी एक हुनुपर्ने बताएका थिए ।

 



प्रतिक्रिया दिनुहोस !