३ पुस २०८२, बिहिबार

जनकपुरधाममा रेल चलाउन आन्दोलन

प्रकाशित मिति :  26 November, 2021 5:00 pm


काठमाडौं । रेल्वे सेवा तत्काल सञ्चालन गर्न माग गरी जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

महिनौंदेखि रेल थन्किएको र भौतिक पूर्वाधार लगायतका काम सम्पन्न भइसक्दा पनि सञ्चालनमा आएको छैन् ।

त्यो रेलवे सेवा सञ्चालन गर्न माग राखी प्रदर्शन गर्नु परेको सहभागीहरूले बताएकाा छन् ।

भारतीय सहयोगमा जनकपुरदेखि जयनगरको रेलवे लाइनलाई ब्रोडगेजमा ल्याइ सरकारलाई एक कार्यक्रमबीच केही दिन अघि सुम्पिएको थियो ।

भौतिक पूर्वाधार मन्त्री रेणु यादवको उपस्थितिमा सो रेलवे जिम्मा लगाइए पनि त्यसको सञ्चालनमा ढिलाइ भइ आएको सहभागी जनकपुरधाम उपमहानगर पालिकाका वडा नम्बर १०का सदस्य अमर मण्डलले जनाए ।

उनीहरूले विवाहपञ्चमी अगाडि रेलवे सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन् ।

प्रदेश २ को प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले विवाहपञ्चमी महोत्सव अगावै जनकपुरधाम–जयनगर रेलवे सञ्चालन गर्नुपर्ने माग गरी एक ज्ञापन पत्र धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई बुझाएको छ ।

लोसपाका कार्यकारिणी समिति सदस्य बृषेशचन्द्र लालले रेल सञ्चालन नहुँदा जनकपुरधामको आर्थिक विकासमा पनि बाधा पुगेको जनाए ।

प्रर्दशनमा पूर्वमन्त्री सुरिता साह लगायतको सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !