१८ बैशाख २०८१, मंगलबार

महाधिवेशनको मुखमा आएर कांगेस निर्वाचन समितिको संयोजक हेरफेर

प्रकाशित मिति :  28 November, 2021 1:33 pm


काठमाडौं ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मुखमा आएर केन्द्रीय निर्वाचन समितिको संयोजक परिवर्तन गरिएको छ ।

यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि नयाँ संयोजक तोकिएको हो । यादवको राजीनामा स्वीकृत गर्दै पार्टी सभापति शेरबहादुर देउवाले धन्यवादसमेत दिएका छन्।

निर्वाचन समितिको संयोजकको जिम्मेवारी बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई दिइएको छ । सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा देखिएको विवादले गर्दा संयोजक यादवले राजीनामा दिएको भएपनि उनले स्वस्थ्यको कारण उल्लेख गरी राजीनामा दिएका हुन्।

डडेल्धुरामा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकटले वडादेखि जिल्ला अधिवेशनमा भाग लिएका छैनन्। फेरि अधिवेशन हुनुपर्ने माग राखी जिल्ला सभापति कर्णबहादुर मल्ललगायत पार्टी कार्यालयमा रिले अनशन गरिएको छ।



प्रतिक्रिया दिनुहोस !