विदेशीमन्त्रीसँग युनिसेफ प्रतिनिधिबीच भेटवार्ता
प्रकाशित मिति : 28 November, 2021 4:16 pm
काठमाडौं । संयुक्त राष्ट्रसंघीय नियोग युनिसेफका नेपाल कार्यालयकी प्रतिनिधि एल्के विसले विदेशमन्त्री डा. नारायण खडकासँग भेटवार्ता गरेकी छिन् ।
महिला बालबालिकाको हितमा क्रियाशील युनिसेफकी प्रतिनिधि विसले नेपालका महिला र बालबालिकासम्बन्धी विषयमा जानकारी गराएकी छिन् ।
सो भेटमा विदेशमन्त्री खड्काबाट आवश्यक सहयोगका लागि छलफल गरेकी हुन् ।
बालबालिका हकअधिकार, पोषण , जलवायु तथा दीगो विकाससम्बन्धी विषयमा उनीहरूबीच छलफल भएको विदेश मन्त्रालयको ट्वीटरमा जनाइएको छ ।








