सुनको मूल्य १ सयले घट्यो
प्रकाशित मिति : 29 November, 2021 12:06 pm
काठमाडाैं । नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार १००मा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला १ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासघंका अनुसार आज तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर १२२० रुपैयाँमा कारोबार मूल्य तोकिएको महासङ्घले जनाएको छ ।








