३ पुस २०८२, बिहिबार

कांग्रेस प्रदेश अधिवेशनको मितिमा परिवर्तन

प्रकाशित मिति :  29 November, 2021 4:12 pm


काठमाडौं । नेपाली काँग्रेसले प्रदेश अधिवेशन यसअघि निर्धारण गरेको दिन भन्दा २ दिन पर सारेको छ ।

आज सोमबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले प्रदेश अधिवेशन सार्ने निर्णय गरेको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजनिक गरे अनुसार मंसिर १६ र १७ गतेका लागि तोकिएको प्रदेश अधिवेशन अब मंसिर १८ र १९ गतेका लागि सारिएको छ ।

केही जिल्ला अधिवेशन सम्पन्न नहुँदा तयारी नपुगेकाले प्रदेश अधिवेशन सारिएको छ ।

यसै गरी केन्द्रीय महाधिवेशनका कार्यक्रम पनि प्रभावित हुने भएको छ ।

कांग्रेसले महाधिवेशन उद्घाटनपछि मात्र उम्मेदवारी मनोनयनको कार्यक्रम सुरु हुने पौडेलले जनाए ।

कांग्रेसले मंसिर २१ बाट महाधिवेशन कार्यक्रम सुरु गर्ने कार्यक्रम तालिका बनाएको थियो ।

अब महाधिवेशन कार्यक्रम अन्तर्गत २१ गते मतदाता नामावली प्रकाशन हुनेछ ।



प्रतिक्रिया दिनुहोस !