२५ मंसिर २०८२, बिहिबार

म्याग्दीमा जिप दुर्घटना हुँदा वडा सदस्यसहित ४ जनाको मृत्यु

प्रकाशित मिति :  30 November, 2021 8:04 am


फाेटाे : रासस

बेनी । बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग जादै गरेको ग १ ज ७२५१ नम्बरको  बोलेरो जीप सोमबार साँझ  बेगस्थित घात्पा (औल)मा दुर्घटना हुदाँ एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना महिला र तीन पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, ४५ वर्षीय खिमानन्द शर्मा, जिप चालक ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिमु पुन रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार गौमाया विक रघुगंगा गाउँपालिका–१ बेगकी वडा सदस्यसमेत हुन् ।

दुर्घटनामा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । उनीहरुलाई बेनी अस्पतालबाट थप उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।



प्रतिक्रिया दिनुहोस !