बागलुङमा जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते
प्रकाशित मिति : 1 December, 2021 10:13 am
बागलुङको काठेखोला गाउँपालिका–१ पालामा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।
बिहुँबाट सदमुकामनर्फ जाँदै गरेको बा १८ च ५६७७ नम्बरको पिकअप जिप बिहान ५ बजेतिर अनियन्त्रित भएर सडकबाट करिब आठ मिटर तल खस्दा जिपमा सवार बाग्लुङ नगरपालिका(७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको बाग्लुङ प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार दुर्घटनामा बागलुङ नगरपालिका–१ रामरेखाका ४६ वर्षीय टकबहादुर बोहोरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी घाइते भएका छन् ।
घाइतेको धवलागिरि अस्पतालमा उपचार भइरहेको छ । जीपमा सात जना सवार थिए । चालक र अन्य एक यात्रु फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।








