१९ बैशाख २०८१, बुधबार

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले गर्‍यो लाभांश घोषणा

प्रकाशित मिति :  1 December, 2021 12:17 pm


काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको संचित मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकको हिजो मंसिर १४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

समितिले प्रस्ताव गरेको उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !