२५ मंसिर २०८२, बिहिबार

भरतपुर महानगरपालिकाका अमिन ५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ

प्रकाशित मिति :  1 December, 2021 2:50 pm


काठमाडौं । चितवनको भरतपुर महानगरपालिका २० नं. वडा कार्यालयका अमिन बिरेन्द्र बहादुर कठायत ५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

अंशबण्डा गरी बाटो कायम गर्नका लागि जग्गाको कित्ताकाट लगायतका काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग लिएको नगर १ लाख ५० हजार रुपैयाँ र ३ लाख ५० हजार रुपैयाँको चेकसहित अमिन कठायत पक्राउ परेका हुन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले पक्राउ गरेको सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले जानकारी दिए ।

उनलाई भरतपुर महानगरपालिका वडा नं. ४ धर्मचोक लंकुबाट नियन्त्रणमा लिइएको सहायक प्रवक्ता भण्डारीको भनाई छ । कठायत करारमा नियुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस !