२५ मंसिर २०८२, बिहिबार

चितवनमा मालपोत अधिकृत ५० हजार रुपैयाँ घुससहित पक्राउ

प्रकाशित मिति :  1 December, 2021 3:10 pm


काठमाडौं । चितवनमा मालपोत अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । मालपोत कार्यालय, चनौली चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेल ५० हजार रुपैयाँसहित पक्राउ परेका हुन् ।

अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत सेवाग्राहीसँग लिएको ५० हजार रुपैयाँ सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

अधिकृत पौडेल भरतपुर महानगरपालिका वडा नं. २० स्थित मालपोत कार्यालय, चनौली चितवनले भाडामा लिई निजले प्रयोग गर्दै आएको क्वाटरबाट पक्राउ परेका हुन् ।



प्रतिक्रिया दिनुहोस !