२० बैशाख २०८१, बिहिबार

माओवादीका प्रदेश सांसदले गरे मजदुरमाथि कुटपिट

प्रकाशित मिति :  2 December, 2021 7:40 am


सिन्धुली । नेकपा(माओवादी केन्द्र) का जिल्ला इन्चार्ज तथा प्रदेश सासंद लेखनाथ दाहाल(राजन)ले मजदुर माथी कुटपिट गरेका छन् । सडकमा कर संकलनका लागि बसेका मजदुरलाई उनले मंगलबार साँझ हातपात गरेको जनाइएको छ । सवारी साधन रोकेर सडक पुर्वाधार उपयोग कर लिन खोज्दा सासंद दाहालले मजदुर माथि हातपात गरेका हुन ।

कर संकलनमा खटिएका ठेकदार कम्पनि केएल केएन निर्माण सेवाका कर्मचारी निश्चल कार्की, शिव धामी, रोजन चौधरी माथि सासंद दाहालले म राजन दाहाल हो चिन्दैनस भन्दै हातपात गरेको कम्पनिका प्रतिनिधि रोशन दनुवारले बताए ।

दाहालले मंगलबार साझ दलबल सहित ढाटमा पुगेर प्रहरी प्रशासनकै अगाडि तोडफोड गरेको जनाइएको छ । आफुहरू न्यायका लागि गुहार माग्न ईलाका प्रहरी कार्यालय डकाहा पुगेपनि प्रशासनले वास्ता नगरेको कम्पनिका प्रतिनिधी दनुवारले बताए ।

दुधौली नगरपालिका कार्यालयले आर्थिक बर्ष २०७८÷०७९ का लागि रू २,२६,५६५ मा पुर्वाधार उपयोग कर संकलनको ठेक्का लगाएको थियो । उक्त पुर्वाधार निकाशी करको ठेक्का केएल केएन निर्माण सेवाले प्राप्त गरेको थियो । उक्त निर्माण सेवाले नगरपालिकासँग अनुमति लिएर दुधौली नगरपालिका–३ झुंगामा ढाट राखेर कर संकलन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !