६ पुस २०८२, आइतबार

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा लाभांश घोषणा

प्रकाशित मिति :  2 December, 2021 12:36 pm


काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

फाइनान्सको हिजो मंसिर १५ गते, बुधलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्विकृत भई र फाइनान्सको आगामी साधारण सभाले पारित गरेपछि मात्रै वितरण गरिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !