अब मंसिर २८ गते देखि त्रिपुरेश्वरबाट ई–पासपोर्ट वितरण गरिने
काठमाडौं । राहदानी विभागबाट अब मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को वितरण बन्द हुने भएको छ । विभागले यहि मंसिर २८ गतेदेखि एमाआरपीको वितरण बन्द गरिने जनाएको छ ।
विभागले अहिले नारायणहिटीबाट वितरण गर्दैै आएको टोकन दिन समेत बन्द गरिसकेको छ । विभागका अनुसार अब सेवाग्राहीले र्ई–पासपोर्टको लागि पहिले अनलाईन आवेदन भर्नुपर्ने र विभागको मुख्य कार्यालय त्रिपुरेश्वर स्थित नयाँ भवनबाट मात्रै ई पासपोर्ट वितरण गरिने छ ।
अनलाइन आवेदनबाट बुक गरेको समयमा सेवाग्राही बायोट्रिक दिन त्रिपुरेश्वरस्थित कार्यालयमा जानुपर्ने विभागले जनाएको छ ।
ई–पासपोर्ट बनाउनेले राष्ट्रिय परिचयपत्र वा त्यसको भेरिफाइड नम्बर अनिवार्य भर्नुपर्नेछ । जिल्ला प्रशासन कार्यलयहरुबाट तत्कालै राष्ट्रिय परिचयपत्र नपाए पनि जिल्ला प्राशसन कार्यालयमा आवेदन भरेपछि पाइने परिचयपत्र नम्बर पासपोर्टमा अनिवार्य गरिएको छ ।
३४ पृष्ठको राहदानी जिल्ला प्रशासन कार्यालयबाट बनाउँदा ५ हजार रुपैयाँ दस्तुर लाग्नेछ । तर, ६६ पृष्ठको बनाउन चाहे १० हजार रुपैयाँ दस्तुर तोकिएको छ ।
राहदानी विभागबाट दुई दिने सेवा अवधि बुक गरेर पासपोर्ट बनाउँदा ३४ पृष्ठको दस्तुर १२ हजार र ६६ पृष्ठको रहादानीको दस्तुर २० हजार तोकिएको छ ।








