२ सयले घट्यो सुन
प्रकाशित मिति : 3 December, 2021 12:23 pm
काठमाडौं । नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु २ सयले ले घटेको छ । बिहिबार स्थिर रहेको छापावाला सुन शुक्रबार प्रतितोला २ सयले घटेर तोलाको ९१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको आजको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको महासङ्घले जनाएको छ । बिहीबार प्रतितोला ११९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार हुनेछ ।








