१३ बैशाख २०८१, बिहिबार

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

प्रकाशित मिति :  5 December, 2021 7:25 am


काठमाडौं । कमल थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । लिङदेनले १ हजार ८४४ मत ल्याएका छन् । भने अर्का उम्मेद्वार थापाले १ हजार ६१७ मत ल्याएका थिए ।

अध्यक्षका अर्का उम्मेदवार थापाले पराजय स्वीकार गर्ने बताएका छन्। आज बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाई पनि दिएका छन् ।

सामाजिक सञ्जालमा थापाले लिङ्देनलाई बधाई दिएका छन् ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, “प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना ।

प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु ।”

थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका छन्।

उनले राहत र उन्मुक्ति पाएको उल्लेख गरेका छन् ।

“सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभ–कामना ।”, उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !