१३ बैशाख २०८१, बिहिबार

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

प्रकाशित मिति :  5 December, 2021 8:39 am


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा रेखा थापा पराजित भएकी छिन् । महिलातर्फको महामन्त्री पदमा कुन्तीकुमारी शाहीले थापालाई ३६८ मतले पराजित गरेकी छन् ।

आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत पाएकी थिइन् भने थापा १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देन​को समूहबाट लडेकी थिइन् । अध्यक्षमा राजेन्द्र विजयी भए पनि महामन्त्रीमा थापा पराजित भएकी छन् ।



प्रतिक्रिया दिनुहोस !