२६ मंसिर २०८२, शुक्रबार

भारतीय नम्बरको गाडीले ठक्करदिँदा पैदलयात्रुको मृत्यु

प्रकाशित मिति :  5 December, 2021 9:14 am


कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ बाणीस्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय नम्बरको गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार मृत्यु हुनेमा नाथ कृष्णपुर–२ बाणीका ७० वर्षीय तारा नाथ रहेका छन् । “ठक्कर दिने गाडीको पहिचान भइसकेको छ”, प्रहरी निरीक्षक बोहराले भने, “चालक सम्पर्कमा नरहेकाले खोजी गरिरहेका छौँ ।”

स्थानीय बासिन्दाले ठक्कर दिने गाडीको पहिचान गरी कारबाही गरिनुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै पूर्वपश्चिम राजमार्गमा अवरुद्ध गरेका छन् ।रासस

 



प्रतिक्रिया दिनुहोस !