१४ बैशाख २०८१, शुक्रबार

आई.एम.ई. लाइफ इन्स्योरेन्सको च्याटबोट दोश्रो वर्षमा

प्रकाशित मिति :  5 December, 2021 11:26 am


काठमाडौं । आई. एम. ई. लाईफ इन्स्योरेन्स कम्पनीले च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ । ग्राहकहरुको अनुरोधमा नयाँ च्याटबोट ल्याएको जनाएको छ ।च्याटबोट आई. एम. ई. लाइफ डाइरेक्टको नाम बाट नयाँ स्वरुपमा आएको हो ।

यसले पहिले भन्दा बढि र गुणस्तरिय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्व साधारणहरुलाई दिने बिश्वास कम्पनिले लिएको छ । आई. एम. ई. लाईफ इन्स्योरेन्सले एक बर्ष पहिले बाट च्याटबोट सेवा उपलब्ध गराएको हो ।  लाईफ इन्स्योरेन्स कम्पनिहरु मध्ये च्याटवोट मार्फत सर्वप्रथम सेवा दिने पहिलो कम्पनी भएको जनाएको छ ।

एक बर्षमा प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखि थप सुविधा सहित प्रविधि मैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनिले जनाएको छ ।

कम्पनीका अनुसार थप सुविधा दिन तथा प्रविधि मैत्री बनाउनको लागि च्याटबोटमा आर्टिफिसियल ईन्टेलिजेन्स तथा डिजिटल प्रविधी अपनाएर एपमा समेत चल्ने र सुविधा दिन सक्ने छ ।

बितेको एक बर्षमा दैनिक औसतमा ४५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको र हाल सम्म झन्डै एक लाख सत्तरी हजार वटा प्रश्नहरु आएको तथा च्याटबोटद्वारा समाधान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !