५ माघ २०७८, बुधबार

जनउत्थान सामुदायिक लघुवित्तद्वारा लाभांश, घोषणा बोनस सेयर मात्रै कति ?

प्रकाशित मिति :  २० मंसिर २०७८, सोमबार ११:०१


काठमाडौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई २६.३१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

संस्थाको मंसिर १९ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिने संस्थाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !