दाङ्गको तुलसीपुरमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु
प्रकाशित मिति : 12 December, 2021 6:32 pm
दाङ्ग । दाङ्गको तुलसीपुरमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
आज बेलुकी राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ सिरखोलामा रा १ ज ४३८ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा ठेगाना नखुलेका ४५ वर्षीया सौनी घर्ती, ४८ वर्षीय प्रेम प्रकाश शर्मा र ४६ वर्षीय कर्णबहादुर खड्का रहेका छन् ।
घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ।








