२४ चैत्र २०८२, मंगलबार

७०० मत गन्न बाँकी, देउवाकाे १९०० मत र कोइरालाकाे १४६७

प्रकाशित मिति :  14 December, 2021 8:42 am


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतगणनामा अहिलेसम्म ३९७७ मत गनिसक्दा देउवाले १९०० मत पाएका छन् ।

त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १४६७ र प्रकाशमान सिंहले २९६ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २३० मत प्राप्त गर्दा कल्याण गुरुङको २० मत मात्र प्राप्त भएको छ ।

काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाको अग्रता कायम रहेको हो ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।



प्रतिक्रिया दिनुहोस !