कांग्रेस सभापतिका लागि आजै दोस्रो चरणको मतदान
प्रकाशित मिति : 14 December, 2021 10:22 am
काठमाडौं । नेपाली काँग्रेसको १४ महाधिवेशनमा सभापति पदका लागि भएको मतदान नतिजाविहीन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार सभापति पदमा देउवाले ४८.२३ प्रतिशत मत ल्याएका छन् । यस्तै शेखर कोइरालाले ३६.९३, प्रकाशमान सिंहले ७.९३, विमलेन्द्र निधिले ५.३० र कल्याण गुरुङले ०.०४ प्रतिशत मत हासिल गरेका छन् । दोस्रो चरणको मतदान आजनै हुने भएको छ ।








