दोस्रो चरणमा देउवालाई सिंहको साथ
प्रकाशित मिति : 14 December, 2021 11:35 am
काठमाडौं । प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने भएका छन् । दुई नेताबीच भएको वार्तापछि दोस्रोचरणमा देउवालाई सघाउन सिंह सहमत भएका हुन । देउवा सिंहलाई भेट्न उनको निवास चाक्सीबारीमा पुगेका हुन् ।
पहिलो चरणको निर्वाचनमा अधिकांश प्रतिनिधिको मत देउवालाई नै दोहोर्याउनुपर्ने देखिएको उनको भनाइ छ । पहिलो चरणमा भएको काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदानमा नेता सिंहले देउवालाई सघाउने भएका हुन ।
अहिले दोस्रो राउण्ड चुनाव हुदा पार्टीलाई महाधिवेशन प्रतिनिधिको मत छ । त्यसलाई अघि बढाउने र पार्टीमा सुधार ल्याउन उहाँले कार्यशैली परिवर्तन गर्ने भएकाले समर्थन गर्ने भएका छौ’, सिंहको भनाइ छ ।








