४ पुस २०८२, शुक्रबार

एमसीसी विरूद्धका प्रदर्शनकारी गिरफ्तार

प्रकाशित मिति :  14 December, 2021 2:18 pm


काठमाडौं । एमसीसी विरूद्धको प्रदर्शनकारीहरूलाई चितवनमा गिरफ्तार गरिएको छ ।

मंगलबार बिहान मङ्सिर २८ गते सवा ६ बजेतिर नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय समितिका सदस्य घननाथ सापकोटालाई चितवन जिल्लाको नारायणगढ सडकमा एक्लै हिँडिरहेका बेला गिरफ्तार गरेको हो ।

एमसीसी खारेजीको एक सूत्रीय माग राखी सो पार्टी सहित आठ ओटा कम्युनिस्ट पार्टीहरुले आह्वान गरेको चितवन बन्द कार्यक्रमको सन्दर्भमा उनलाई गिरफ्तार गरिएको सो पार्टीले जनाएको छ ।

यसैगरी चितवन बन्दलाई सफल पार्न शान्तिपूर्ण रूपमा जनतालाई आह्वान गर्दै हिँडने सो पार्टीका चितवन जिल्ला सक्रेटरी अशोक शर्मा, पूर्व विद्यार्थी नेता सुरेश गौतम र कृष्ण सुनार, अमर बहादुर थापा लगायत अन्य पार्टीका थुप्रै नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेको छ ।



प्रतिक्रिया दिनुहोस !