रुपन्देहीमा लागु औषध सहित दुई जना पक्राउ
प्रकाशित मिति : 15 December, 2021 10:29 am
बुटवल । रुपन्देहीमा प्रहरीले लागु औषध सहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले देवदह नगरपालिका पेटवनिया वार्ड २ का २५ वर्षीय दूधनाथ यादव र नवलपरासी पाल्हिनन्दन गाउँपालिका–२ का २६ वर्षीय धनेश यादवलाई लागु औषध सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय नम्बर प्लेट यूपी ५३ जेट ३५९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई विषेश सुचनाका आधारमा खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट फेनेरागन ५५ सीसी, नोफिन ५५ सीसी र डाइजेपाम ५५ सीसी पक्राउ गरिएको जनाएको छ ।
ज्याकेटको भित्रिभागमा लुकाइराखेको अवस्थामा प्रहरीले खानतलासी गर्दा उक्त लागु औषध बरामत गरेको जनाएको छ । थप अनुसन्धानको लागि कानुनी प्रक्रिया सुरु गरेको ईलाका प्रहरी कार्यलयल रुपन्देहीले जनाएको छ ।








