काठमाडौं महानगरपालिकाका निर्देशकसहित ५ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दर्ता
प्रकाशित मिति : 15 December, 2021 4:39 pm
काठमाडौं । काठमाडौं महानगरपालिकाका निर्देशक भैरव बहादुर बोगटीसहित ५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरेको छ ।
बोगटीसँगै खरिद इकाई प्रमुख उप–निर्देशक बखत बहादुर साउद, उप–निर्देशक सुमन अधिकारी, उप–निर्देशक बीर बहादुर खड्का र इन्जिनियर उमेश कुमार बुढाथोकी विरुद्ध पनि मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. १२, टेकुस्थित भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।
सार्वजनिक सूचनामार्फत बोलपत्र आव्हान बमोजिम बिद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरूको मुल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको उनीहरूमाथि आरोप छ ।








