२६ मंसिर २०८२, शुक्रबार

रोल्पामा विद्युतिकरणका लागि तार र ट्रान्समिटरको अभाव,समाधानका लागि सभापति घर्तीद्वारा छलफल

प्रकाशित मिति :  16 December, 2021 5:16 pm


काठमाडौं । शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले रोल्पामा विद्युतीकरणको अवस्था र समस्याबारे नेपाल विद्युत प्राधिकरण कार्यालय रोल्पाका प्रमुख शम्भुप्रसाद मण्डलसंग छलफल गरेकी छन् ।

काठमाडौंमा रहेका प्रमुख मण्डलसँग सभापति घर्तीले आफ्नै कार्यकक्ष सिंहदरबारमा बोलाएर छलफल गरेकी हुन् । भेटमा रोल्पामा विद्युत लाइन विस्तार गर्नेबारे छलफल भएको सभापति घर्तीले जानकारी दिइन् ।

भेटमा रोल्पाका प्रमुख मण्डलले जिल्लामा अहिले तार र ट्रान्समिटरको समस्या रहेको जानकारी गराएका थिए । तार र ट्रान्समिटरको समस्या समाधान गर्न आफूले पहल गर्ने बताउँदै सभापति घर्तीले ढिलो भएका र रोकिएका काम तत्काल सुरु गर्न निर्देशन दिएकी छन् ।

केन्द्रीय प्रशारण लाइन विस्तारका लागि टेण्डर भएका योजनाहरु तत्काल कार्यान्वयन गर्न सभापति घर्तीले निर्देशन दिएकी  छन् ।

प्रमुख मण्डलले आफूले विद्युतीकरणको कामलाई तत्काल अगाडी बढाउने बताएका छन् । सभापति घर्तीको निर्देशनपछि प्रमुख मण्डलले परिवर्तन र थवाङ गाउँपालिकामा ११००,त्रिवेणी गाउँपालिकामा १५०, माडी गाउँपालिका–३ मा १०० पोल पठाउने बताएका छन् ।

त्यस्तै गंगादेव गाउँपालिकामा ३७०, रोल्पा नगरपालिकाको ह्वामा,धबाङ र जेटबाङमा ३ ०० र रुन्टीगढी गाउँपालिकामा २५० थान पोल पठाउने पनि मण्डलले प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै लुंग्री गाउँपालिकाको वडा नम्बर ३ मा २५ वटा, सुनछहरी गाउँपालिका र सुनिलस्मृति गाउँपालिकामा विद्युत नपुगेको ठाउँमा पनि पोलको तत्काल व्यवस्थापन गर्न सभापति घर्तीले निर्देशन दिएकी हुन् ।



प्रतिक्रिया दिनुहोस !