आज हिमाली भू -भागमा हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। आज देशका पहाडी भू -भागमा आशिंक बदली रहने जल तथा मौसम विज्ञान महाशाखा विभागले जनाएको छ।
शुक्रबार बिहान बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाका जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिमका पहाडी भू–भागको एक÷दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ।
त्यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाइएको छ।
राति देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। त्यसैगरी राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा आंशिक बदली रहने महाशाखाको भनाइ रहेको छ ।








