लुम्बिनी बसपार्कमा आगलागी, १२ वटा पसल जलेर नष्ट
प्रकाशित मिति : 17 December, 2021 10:20 am
लुम्बिनी । लुम्बिनीस्थित बसपार्कमा गत राति आगलागी भएको छ। आगलागीबाट बसपार्कमा रहेका रेस्टुरेन्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएको भएका छन् ।
राती २ बजेबाट लागेको आगो डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो । आगलागी हुँदा झण्डै ७० लाखको क्षति भएको आकलन गरिएको छ।
आगलागी पछि नगरपालिकाको दमकल समयमा आइ पनुगेका कारण धेरै क्षति भएकोमा स्थानियवासीले आक्रोश पोखेका छन् । प्रहरीले आगलागीको क्षतिको पूर्ण विवरण सङ्कलन कार्य जारी राखेको जनाएको छ ।








