८ पुस २०८२, मंगलबार

१ हजारले बढेर प्रतितोला ९४ हजार रुपैयाँ पुग्यो सुन

प्रकाशित मिति :  17 December, 2021 11:09 am


काठमाडौं। नेपाली बजारमा यो साताको अन्तिम कारोबारमा सुनको मूल्य १ हजारले बढेको छ । हिजो बिहिबार ७ सयले बढेर ९३ हजारमा कारोबार भएको छापावाला सुन आज १ हजारले बढेर तोलाको ९४ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्त आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय कायम रहेको छ ।

शुक्रबार चाँदीको मूल्य पनि उकालो लागेको छ । बिहिबार १२३५ रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १२५०मा कारोबारका लागि मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ । बिहिबार चाँदी २५ रुपैयाँ  थियो बढेको ।



प्रतिक्रिया दिनुहोस !