भरतपुरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि तनाव, स्थानीय र प्रहरीबीच झडप
प्रकाशित मिति : 17 December, 2021 1:50 pm
चितवन । चितवन भरतपुर वसन्तचोकमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि तनाव सिर्जना भएको छ ।
स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीयले ट्रकमा आगजनी गरेका छन् । तनाव नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । तनाव बढेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
भरतपुरबाट पूर्वतर्फ बालुवा बोकेर जाँदै गरेको बा ३ ख १३०५६ नम्बरको ट्रकले भरतपुर १२ की २ वर्षीया छोरी दिव्या जोशीलाई ठक्कर दिएको थियो । जोशीको घटनास्थलमै निधन भएपछि तनाव भएको हो ।








