२६ मंसिर २०८२, शुक्रबार

रुपन्देहीमा ३ हजार रुपैयाँ घुस लिएको आरोपमा वडा सचिव पक्राउ

प्रकाशित मिति :  17 December, 2021 3:01 pm


काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ४ को कार्यालयका वडा सचिव मोहम्मद सिद्धिक घुस रकमसहित पक्राउ परेका छन् ।

विवाह दर्तामा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीसँग ३ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले पक्राउ गरेको हो ।

घुस लिइसकेको अवस्थामा कार्यालयबाटै पक्राउ परेका वडा सचिव सिद्धिकमाथि अनुसन्धान भइरहेको अयोगले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !