२६ मंसिर २०८२, शुक्रबार

मकवानपुरमा भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु

प्रकाशित मिति :  18 December, 2021 3:30 pm


मकवानपुर । मकवानपुरको हेटौँडामा सवारी साधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका–८ को फारलाइनलना गएराति ना ७ त १२९५ नम्वरको ट्याक्टर दुर्घटना हुँदा वडा नं १५ निवासी सोही ट्याक्टरमा ज्यामीको काम गर्ने शक्ति वाईबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार दुर्घटनामा परेर सख्त घाइते उनको हेटौँडा अस्पतलमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ट्याक्टर चालक हेटौँडा–८ कमाने बस्ने २८ वर्षीय अजित ढकाललाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान सुरु गरेकोे छ । रासस



प्रतिक्रिया दिनुहोस !