१४ बैशाख २०८१, शुक्रबार

नेप्सेमा थपियो सवा २७ लाख बढी कित्ता सेयर

प्रकाशित मिति :  20 December, 2021 2:51 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सवा २७ लाख कित्ता बढी सेयर थपिएको छ। सोमबार सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ। यो बैंकको कुल २७ लाख ३६ हजार ९७२/४२ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७/७८ मा कुल १०/५२६३ प्रतिशत लाभांश वितरण गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०।५२६३ प्रतिशत नगद लाभांश रहेका थिए। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।



प्रतिक्रिया दिनुहोस !