४ बैशाख २०८१, मंगलबार

रोल्पामा माडी गाउँपालिका अध्यक्ष कप तथा शैक्षिक मेला-२०७६ सुरु (फोटो फिचर)

प्रकाशित मिति :  25 February, 2020 5:27 pm


रोल्पा, १३ फागुन ।रोल्पामा प्रथम माडी गाउँपालिका अध्यक्ष कप तथा शैक्षिक मेला-२०७६ सुरु भएको छ ।

महोत्सवको उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन ‘अनन्त’ ले उद्घाटन गरे । फागुन १६ गतेसम्म हुने महोत्सवमा महिला पुरुष भलिबल प्रतियोगिता, १५ सय मिटर दौड, ब्याटमिन्टन, तेक्वान्दो, हाजिरी जवाफ, निबन्ध र गजल प्रतियोगिता हुने छन् ।

महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।वलु स्मृति खेल मैदान घर्तीगाँउमा महोत्सव सुरु भएको आयोजक माडी गाउँपालिले जनाएको छ । फागुन १४ र १५ रोल्पा लगानी सम्मेलनको तयारी भईरहेका बेला माडी गाउँपालिकाले पनि महोत्सव सुरु गरेको हो ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पुनको प्रमुख आतिथ्यता तथा सांसद तथा पूर्व सभामुख ओनसरी घर्ति र शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरि घर्ति, ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय कुलप्रसद केसी ‘सोनाम’ प्रदेश सभा सदस्य दिपेन्द्र पुन ‘सिजल’, रोल्पा जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर वुढा ‘अबिनास’ लगायतका अतिथिहरुको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस !