४ जेष्ठ २०८१, शुक्रबार

उमेर वढेस‌‌गै यी चिजमा ख्याल राख्नुहोस्

प्रकाशित मिति :  29 February, 2020 7:18 am


जब महिला ३० वर्षको पुग्छिन, शरीरमा धेरै परिर्वतनहरु आउछन् । हेर्दा बाहिर परिर्वतनहरु नदेखिएपनि शरीरको विशेष हेरचाह गरी आफूलाई स्वस्थ र खुशी बनाउनु पर्छ । ३० वर्षका उमेरमा सानो कुराको बढी चिन्ता हुने गर्दछ ।यसकारण महिलाहरुले केही चिजहरुको विशेष ध्यान राख्नु पर्दछ ।

स्वस्थ हुनको लागि खानपान स्वस्थ हुनु जरुरी छ । मेटाबोलिजम एउटा प्रकिया हो, जसको माध्यमबाट शरीरलाई खानालाई ऊर्जामा रुपान्तरण गर्दछ । यो बढ्ने दर ३० कट्दा बित्तिकै कम हुन्छ । मेटाबोलिजम बढाउनको लागि राम्रो पोषकतत्वहरु प्रोटिन, काब्रोहाइड्रेट र फ्याट उपभोग गर्नुपर्छ । तसर्थ बे्रकफास्टमा दिनको सबैभन्दा ठुलो खाना हुनुपर्दछ, mजसले सबै पोषकतत्वहरु समावेश गरिनुपर्छ । फाइबरको सेवनले तौल घटाउन मद्दत मिल्छ ।

हर्मोनहरु ३० पुग्ने बित्तिकै परिर्वतन हुन थाल्छन् । थाइरोइड डिसफंक्शनको जोखिम जाँच गर्न आयोडिनको स्तरहरुको नियमित अनुगमन गर्नुपर्दछ । आइरनले भरिपुर्ण भएको खानाहरु मटर, मकैका गेडाहरु, हरीयो तरकारीहरु, किसमिस आदीहरु खानु पर्दछ । हड्डिहरु विकासको लागि महिलाहरुले क्याल्सियमको सेवन गर्नुपर्दछ ।उमेर बढ्दै जादाँ एस्ट्रोजेनको स्तर घट्छ, जसले हड्डिको घनत्वलाई कअसर गर्दछ । यसका लागि दुध, दहि, पनीर, ब्रोकाउली, बदाम आदी खानुहोस् ।

स्वस्थ हुनुको साथै महिलाहरुको मानसिक स्वास्थ को पनि विशेष ख्याल गर्नुपर्दछ । अत्यधिक तनाबले मानसिक स्वास्थमा साइड इफेक्ट गर्दछ र धेरै रोगहरु निम्त्याउँछ । तनाबाट बच्न तालिका अनुुसार हिड्नुहोस् । परिवार र साथीहरुको लागि समय छुट्टाउनु होस् । कम्तिमा दैनिक ३० मिनेट व्यायाम गनुहोस्, आफु खुशी हुने काम गर्नुहोस्, दैनिक पुस्तक पढ्नुहोस् नयाँ नयाँ विषयको ज्ञान लिनुहोस्, जसले रचनात्मक बनाउँछ र दिमागको स्वास्थको लागि पनि राम्रो हुनेछ ।

तपाईको उमेर ३० पुगेपछि नियमित रुपमा शरीरका चेकजाँच गर्नुपर्छ । जसले कुनै समस्या आउनु भन्दा पहिले रोग पत्ता लागेमा उचित उपचार गरी छुटकारा पाउन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !