१५ चैत्र २०८०, बिहिबार

क्यान इन्फोटेक मेला स्थगित

प्रकाशित मिति :  11 January, 2022 4:47 pm


काठमाडौ । काठमाडौंमा हुन लागेको क्यान इन्फोटेक मेला स्थगित भएको छ ।

क्यान फेडेरेसनले आयोजना गर्न लागेको मेला अर्को निर्णय नभए सम्मका लागि स्थगित भएको हो ।

सन् १९९५ देखि वर्षेनी आयोजना हुदैं आएको क्यान इन्फोटेकको २७ औं संस्करण आउँदो माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने गरि तयारी भएको थियो ।

सम्पूर्ण तयारी पुरा भएपनि कोभिड-१९ को तेश्रो लहर, काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरूमा व्यापकरुपमा फैलिएको संक्रमण, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का पछिल्ला सिफारिस तथा निर्णयहरू लगायतलाई ध्यान दिँदै मेला स्थगित गरिएको महासचिव नारायण थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !