१२ श्रावण २०८१, शनिबार

भारतीय प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना

प्रकाशित मिति :  2 March, 2020 2:26 pm


काठमाडौ, १९ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई सुख, सुस्वास्थ्य र दीर्घजीवनका निम्ति पशुपतिनाथको निरन्तर कृपा रहिरहने कामना पनि प्रधानमन्त्री मोदीले आज ट्वीटमार्फत गरेका हुन् । भारत र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुरायाउन प्रधानमन्त्री ओलीको निरन्तर योगदानको आशा उनको छ ।

प्रधानमन्त्री ओलीले पनि प्रत्युत्तरमा ट्वीट गर्दै आफ्ना भारतीय समकक्षीप्रति आभार प्रकट गरेका छन् । प्रधानमन्त्री मोदीका हार्दिकता र चिन्तनशीलतामा आफूहरूबीचको सन्निकट मैत्री प्रतिविम्बन भएको प्रधानमन्त्री ओलीको ट्वीटमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !