२४ बैशाख २०८१, सोमबार

१ खर्ब ६ अर्ब रुपैँया पुनर्कर्जा स्वीकृत, सबै भन्दा बढी पर्यटनमा

प्रकाशित मिति :  21 January, 2022 3:06 pm


काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७८/७९ को पुुस मसान्तसम्म १ खर्ब ६ अर्ब ८० लाख रुपैँया बराबरको पुनर्कर्जा स्वीकृत गरेको छ । पुस मसान्तसम्म जम्मा २४ हजार २६७ दिएको पुनर्कर्जा आवेदन स्वीकृति राष्ट्र बैंक गरेको हो ।

ग्राहकको मुल्याङ्कनको आधारमा प्रदान गर्ने पुनर्कर्जाका लागि १०२ जनाले आवेदन दिएका थिए । ती आवेदन उपर आवश्यक अध्ययन गरी राष्ट्र बैंकले ३० बैंक तथा वित्तीय संस्था मार्फत सो कर्जा अनुमाति दिएको हो ।

सो अनुमति अनुसार १३ अर्ब ६२ करोड रुपियाँ स्वीकृत गरिएको हो । यसैगरी विशेष पुनर्कर्जामा २० जनालाई ३ अर्ब ५० करोड रुपियाँ बराबर स्वीकृत गरिएको हो ।

साधारण पुनर्कर्जा तर्फ ८२ जनालाई १० अर्ब १२ करोड रुपियाँ स्वीकृत गरिएको हो ।

यस्तै, एकमुष्ट प्रदान गरिने पुनर्कर्जा माध्यम मार्फत ४२ बैंक तथा वित्तीय संस्थाबाट २४ हजार १६५ जनाले दिएको आवेदन उपर कारबाही भइ ९२ अर्ब ४६ करोड रुपियाँ कर्जा अनुमति दिइएको राष्ट्र बैंकले जनाएको छ ।

यस अन्तर्गत  लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा ९ हजार ४८६ जनाले ८ अर्ब १० करोड प्राप्त गर्ने राष्ट्र बैंकले जनाएको छ ।

विशेष पुनर्कर्जा मार्फत १ हजार ६८७ ऋणीले ८ अर्ब ७९ करोड प्राप्त गर्नेछन् भने साधारण पुनर्कर्जा मार्फत १२ हजार ९९२ ऋणीले ७५ अर्ब ५८ करोड प्राप्त गर्ने राष्ट्र बैंकले जनाएको छ ।

पुनर्कर्जा सबैभन्दा धेरै बाग्मती प्रदेशमा स्वीकृत भएको छ । बाग्मती प्रदेशमा ७ अर्ब १० करोड ५ लाख रुपियाँ स्वीकृत भएको छ भने सबैभन्दा कम सुदुर पश्चिम प्रदेशमा ९ करोड ८४ लाख रुपैँया मात्र पुनर्कर्जा लगानी स्वीकृत भएको छ । प्रतिशतको हिसाबले बाग्मती प्रदेशमा ५२.१५ प्रतिशत रहेको छ भने सुदुरपश्चिम प्रदेशमा ०.७२ प्रतिशत रहेको छ ।

पुनर्कर्जा सबैभन्दा धेरै पर्यटन क्षेत्रले पाएको छ भने सबैभन्दा कम कपडाको क्षेत्रले पाएको छ । पर्यटन क्षेत्रमा ६ अर्ब ७९ करोड २२ लाख रुपैँया पुनर्कर्जा स्वीकृत भएको भने जलविद्युत तर्फ ३ अर्ब २४ करोड ५ लाख रुपैयाँ स्वीकृत भएको छ ।

यस्तै, उत्पादनमुलक क्षेत्रमा १ अर्ब २० करोड २९ लाख रुपैयाँ राष्ट्र बैंकले स्वीकृत गरेको छ भने शिक्षातर्फ ८५ करोड ४९ लाख रुपैयाँ स्वीकृत गरेको छ ।अस्पताल क्षेत्रमा ६८ करोड ७० लाख रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको छ भने निर्माण व्यवसाय क्षेत्रमा ३३ करोड ७५ लाख रुपैयाँ स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, खाद्य उत्पादन क्षेत्रमा २० करोड रुपैयाँ स्वीकृत भएको छ भने यातायात तर्फ १५ करोड २२ लाख रुपैयाँ स्वीकृत भएको छ । व्यापार क्षेत्रमा ९ करोड ३२ लाख रुपैयाँ स्वीकृत भएको छ भने कपडामा सबैभन्दा कम ५ करोड ४७ लाख रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !