५ पुस २०८२, शनिबार

विपद् जोखिम न्यूनिकरण र प्रतिकार्यका लागि संस्थागत रुपमै स्वयंसेवक परिचालन गरिने

प्रकाशित मिति :  2 February, 2022 2:40 pm


काठमाडौं । विपद् जोखिम न्यूनिकरण र प्रतिकार्यका लागि संस्थागत रुपमै स्वयंसेवक परिचालन गरिने भएको छ ।

यही माग १४ गतेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद व्यवस्थापन स्वयंसेवक ब्यूरो गठन तथा परिचालन कार्यविधि २०७८ पारित गरेसँगै स्वर्यंसेवक परिचालन गर्ने बाटो खुलेको हो ।

प्राकृतिक र गैरप्राकृतिक प्रकोपजन्य विपद्को जोखिम न्यूनिकरण र व्यवस्थापनका लागि स्वयंसेवकहरूको संस्थागत विकास एवं परिचालन गरी विपद् व्यवस्थापनको प्रभावकारिता अभिबृद्धी गर्नु ब्यूरो गठनको मुख्य उद्देश्य रहेको कार्यविधिमा उल्लेख छ ।

कार्यविधिले वडा स्तरसम्मको ब्युरो संरचनाको परिकल्पना गरेको छ ।

यसअघि पनि विपद्का घटना हुनासाथ तत्काल स्थानीय व्यक्तिहरु स्वस्फूर्त रुपमा उद्धार कार्यमा सहभागि भएपनि यसलाई थप व्यवस्थित र मर्यादित बनाउने तथा प्रणालीभित्र ल्याउन खोजिएको समितिले जनाएको छ । वडास्तरसम्म यस किसिमका ब्यूरो बनेपछि उद्धार र प्रतिकार्य थप प्रभावकारी हुने विश्वास सरकारको छ ।



प्रतिक्रिया दिनुहोस !