१६ चैत्र २०८०, शुक्रबार

मंगलबार नेप्से दोहोरो अंकले घट्यो

प्रकाशित मिति :  8 February, 2022 3:41 pm


काठमाडौं । मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयरबजार मा १६.३० अंकको गिरावट आएको हो ।

आज नेप्से परिसूचक १६.३० अंकले घटेर २८३५.५८ अंकमा झरेकोे छ भने सेन्सेटिभ परिसूचक पनि २.८२ अंकले घटेर ५३२.४९ अंकमा झरेको हो ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमुहको सेयर बढेको छ भने अरु उपसमुहको घटेका छन् ।

होटल र पर्यटन, निर्जीवन बीमा, उत्पादन प्रशोधन, व्यापार, र म्युचुअल फण्ड बढेको छ भने बैंकिङ, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र लगानीमा गिरावट आएको छ ।

मंगलबार एभरेष्ट इन्सुरेन्स कम्पनीको प्रोमोटर सेयरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको प्रोमोटर सेयरमूल्य ६.१५ प्रतिशतले बढेको छ ।

लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाको सेयरमूल्य ६.२७ प्रतिशतले घटेको छ ।

कूल २३० वटा कम्पनीको एक करोड २० लाख ५३ हजार ७ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९ सय ८५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !