१२ श्रावण २०८१, शनिबार

चाइनिज कम्पनीले ल्यायो भाइरसलाई रोक्ने कार

प्रकाशित मिति :  9 March, 2020 6:27 am


चीनको अटोमोबाइल कम्पनी जिलीले गाडीको क्याबिनमा कोरोना वा अन्य कुनै पनि भाइरसलाई जानबाट रोक्ने प्रणालीको विकास गरेको दावी गरेको छ ।

कम्पनीले आफ्नो आइकन नामक एसयूभीमा एक यस्तो एयर फिल्ट्रेसन सिष्टम लगाएको बताएको छ, जसले भाइरस र ब्याक्टेरिया तथा कुनै पनि सुक्ष्म जिवलाई क्याविनमा प्रवेश गर्नबाट रोक्छ ।

के यसले हाल प्रचलित कोरोनाभाइरस वा कोभिड–१९ भाइरसलाई पनि रोक्न सक्छ ? यो प्रमाणित नभए पनि कम्पनीले भने यसलाई रोक्न सकिने दावी गरेको छ ।

कार निर्माता कम्पनी जिली विश्व बजारमा प्रचलित भल्वो र लोटस ब्रान्डसँग पनि सम्बन्धित छ ।

कोरोना भाइरसबाट लड्नका लागि जिलीले एक नयाँ इन्टेलिजेन्ट एयर प्युरिफिकेसन सिष्टम विकास गरेको छ र यो एन९५ प्रमाणित छ । यसले भाइरस प्रवेश गर्न मात्र होइन, एसीसँग मिलेर क्याविनको हावा स्वच्छ राख्न पनि सहयोग गर्छ ।



प्रतिक्रिया दिनुहोस !