२६ बैशाख २०८१, बुधबार

नेपाल क्लियरिङ हाउस र नेपाल डिजिटल पेमेन्ट्स कम्पनी बीच सम्झौता

प्रकाशित मिति :  27 February, 2022 6:27 pm


काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) र नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनडिपीसी) बीच सम्झौता भएको छ । नेशनल पेमेन्ट स्वीच (एनपीएस) को पहिलो चरणको थालनीको लागि सम्झौता गरेको यि दुई कम्पनीको सम्झौता भएको हो ।

एनडिपीसीले सञ्चालन गरिरहेको वालेट नमस्ते पेलाई एनसिएचएलको नेशनल पेमेन्ट स्वीचमा जोडेर पहिलो चरणमा उपलब्ध रहेका उपकरण आप्mना ग्राहकलाई प्रदान गर्ने कम्पनीले जनाएको छ ।

रिटेल पेमेन्ट स्वीच अन्र्तगतका नेपाल क्यूआर स्ट्याण्डर्ड बमोजिम नेपाल पे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेष्ट टु पे तथा ई म्याण्डेटका उपकरणहरु प्रदान गर्ने छ ।

भुक्तानीको लागि बिल गेटवे मार्फत अन्तर आबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु पनि उपलब्ध भएसँगै कार्यान्वयन गर्ने जनाएको छ ।

उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन पिएसओ मार्फत बैंक वित्तीय संस्था तथा गैर बैंकिङ्ग संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् ।

दोश्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागी नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाएको कम्पनीले जनाएको छ ।

एनडिपीसीमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको लगानी रहेको छ । एनडिपीसीमा ग्रामीण क्षेत्रको पहुँच र वित्तिय तथा बैंकिङ्ग सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेको छन् ।

हाल नेशनल पेमेन्ट स्वीचमा ३८ वटा बैंक तथा वित्तीय संस्था र ६ ओटा भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ४४ वटा संस्था आबद्ध भएका छन् ।



प्रतिक्रिया दिनुहोस !