१७ बैशाख २०८१, सोमबार

आईफोन १२ मा ४४ सय एमएएच ब्याट्रि र ६४ मेगापिक्सेल क्यामरा हुने

प्रकाशित मिति :  12 March, 2020 10:38 pm


काठमाडाैं, २० फागुन । 

आधिकारिक रूपमा सार्वजनिक हुन अगावै आईफोन १२ प्रोकाे बारेमा नयाँ लिक्स सार्वजनिक भएकाे छ । हालै सार्वजनिक भएकाे लिकका अनुसार आईफोन १२ प्रोसँगै आईफोन १२ पनि सार्वजनिक हुनेछ भने यसका स्पेशिफिकेसन्स पनि सार्वजनिक भएका छन् ।

एप्पलले नयाँ आइफाेनमा ब्याट्रि र क्यामराभा भारी परिवर्तन गर्ने भएकाे छ। लिक भएका सूचना अनुसार यसमा ६४ मेगापिक्सलेको क्यामरा र ४,४०० एमएएचको ब्याट्री हुने छ । यसअघिको रिर्पोटमा नयाँ आईफोनमा नेक्स्ट जेनेरेशनको ए१४ चिपसेटसँगै ५जी को एडिशनल सर्पोट हुने जानकारी रहेको थियो ।

यूट्यूबर ‘एभ्रिथिंगएप्पलप्रो’ ले टिप्स्टर म्याक्स वेनबचलाई उद्रधृत गर्दै आईफोन १२ प्रो मा ग्यालेक्सी २० सीरीजको जस्तै बेन्चमार्क देख्न सकिने बताएको छ । यस भिडियोमा यूट्यूबरले एप्पलको नयाँ आइफोनमा ६४ मेगापिक्सेलको सोनी सेन्सर हुनेछ र यसमा ट्रिपल रियर क्यामरा सेटअप हुने जानकारी दिएको छ । यद्पी हालसम्म क्यामराको बाँकी सेटअपमा कम्पनीले दुई १२ मेगापिक्सलको सेटअप राख्ने छ वा राख्ने छैन भन्ने कुराको कम्फर्मेशन भने भएको छैन ।

जुम सर्पोटको लागी यूट्यूबरका अनुसार कम्पनीले यसमा नाइट मोड एक्सपेन्ड गर्नुका साथै टेलीफोटो क्यामरा पनि प्रदान गर्नेछ । कम्पनीले यसबाहेक अल्ट्रा वाइड एङ्गल क्यामरा अपर्चरलाई पनि बढाउन सक्ने छ । त्यस्तै यसमा न्यु टाइम अफ फ्लाइट ३डि सेन्सर पनि रहन सक्ने छ । यस फोनको एआर एक्सपेरियन्स पहिलेको भन्दा उत्कृट हुने छ । यद्यपी एप्पलले अफिशियलरुपमा हालसम्म यस बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन ।



प्रतिक्रिया दिनुहोस !