गल्याङ नगरपालिका १ मा नेपाली कांग्रेसको प्यानल विजयी
प्रकाशित मिति : 14 May, 2022 6:32 pm
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।
शुक्रबार भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को वडाध्यक्षमा नेपाली कांग्रेसका मणि प्रसाद बस्यालले ११२१ मतल्याएर विजयी भएको निर्वाचन अधिकृत काशीराम गैह्रेले जानकारी दिए ।
उनका अनुसार नवनिर्वाचित बस्यालका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका शंकर बस्यालले ६८६ मत ल्याएका थिए ।
वडाध्यक्षसहित महिला सदस्य डोलमाया बस्याल, दलित महिला सदस्य पम्फा नेपाली, खुला सदस्य बिक्रम पाडेय, र जनजाति सदस्य ओम श्रेष्ठ गरेर वडाको पाँच जना पदाधिकारी नै कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।








