१६ चैत्र २०८०, शुक्रबार

भरतपुर महानगरपालिकामा रेनुको आग्रता

प्रकाशित मिति :  14 May, 2022 7:09 pm


भरतपुर । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता पाएको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता लिएकी हुन्। तीन सय मत गणना गर्दा गठबन्धनले अग्रता लिएको हो ।

दाहालले ११६ मत प्राप्त गरेकी छन् । नेकपा (एमाले)का बिजय सुवेदीले ११० मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३६ मत पाएका छन् । उनको प्रतिस्पर्धी नेकपा (एमाले) सहितको गठबन्धनकी हिमला गुरुङ्ले ८० मत पाएकी छन् ।

यस्तै हाल गणना भएको वडा नम्बर १ मा नेपाली कांग्रेसका केशव महर्जनले १३७ र नेकपा ९एमाले०का शुक्रकुमार श्रेष्ठले ११७ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकाहरूमा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा नेकपा (एमाले)ले अग्रता कायम गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस !