६ पुस २०८२, आइतबार

भीरकोट नगरपालिका ३ मा कांग्रेसको प्यानल विजयी

प्रकाशित मिति :  15 May, 2022 11:26 am


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ३ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

वडा नम्बर ३ मा केशर बहादुर खड्काको प्यानल नै विजयी भएको छ । खड्काले १०३८ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवारले ७८४ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

सदस्यमा दलित महिला सदस्य विष्णु सार्की, खुला सदस्य गुमनध्वज राना, प्रेम बहादुर राना र महिला सदस्यमा यकमाया जिटी निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !